नियम २४
निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा अपनाउनु पर्ने कार्यविधि

() नियम २३ बमोजिम निरीक्षण अधिकृतले कुनै ठाउँको निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा देहाय बमोजिमको प्रक्रिया पूरा गर्नु पर्नेछ :

() सम्बन्धित व्यक्तिलाई सूचना दिएर मात्र निरीक्षण, जाँचबुझ वा खानतलासी गर्नु पर्ने

() निरीक्षण, जाँचबुझ वा खानतलासी लिंदा यथासम्भव सूर्योदय भई सूर्यास्त नभएसम्मको समयमा मात्र गर्नु पर्ने

() निरीक्षण, जाँचबुझ वा खानतलासीको सिलसिलामा कुनै उपभोग्य वस्तुको नमूना परीक्षणको लागि लिएकोमा यथासम्भव कुनै व्यक्तिलाई

साक्षी राख्नु पर्ने

() निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा यथासम्भव कुनै किसिमको हानी नोक्सानी नहुने गरी लिनु पर्ने

() उपनियम () बमोजिम निरीक्षण, जाँचबुझ वा खानतलासी गर्ने सिलसिलामा निरीक्षण अधिकृतले सूचना दिंदा दिंदै पनि सम्बन्धित व्यक्ति वा अरू कसैले निरीक्षणजाँचबुझ वा खानतलासी गर्ने अनुमति नदिई बाधा बिरोध गरेमा निरीक्षण अधिकृतले स्थानीय भलाद्मीहरूलाई साक्षी राखी त्यस्तो निरीक्षण, जाँचबुझ वा खानतलासी गर्न सक्नेछ